नेपाललाई २ सय सवारीसाधान उपहारस्वरुप

 


भारतले नेपाललाई २ सय सवारीसाधान उपहारस्वरुप प्रदान गरेको छ ।

 

 

      मंगलवार अर्थ मन्त्रालयमा नेपाल सरकारलाई भारत सरकारले उपहारस्वरुप २ सय सवारीसाधन प्रदान गरेको हो.


 

एक कार्यक्रमबीच अर्थ मन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवबाट उपहारस्वरुप सवारीसाधन ग्रहण गर्नुभयो  । सवारी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदुत श्रीवास्तवले निर्वाचनमा प्रयोग गर्नेगरी भारत सरकारले नेपाल सरकारलाई सहयोग स्वरुप २ सय वटा सवारी साधन दिएको बताउनु भयो ।

 

उहाँले २ सय सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगको प्रयोगका लागि दिएको बताउनु भयो । उहाँले भारत सरकारले नेपालमा हुने हरेक निर्वाचनमा सवारी साधन सहयोग गर्दै आएको भन्दै अहिलेसम्म २४ सय भन्दा बढी सवारी साधन सहयोग गरेको बताउनु भयो । राजदुत श्रीवास्तवले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २ हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४ सय वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४ सय भन्दा बढी सवारीसाधन उपहार दिएको बताउनु भयो ।कार्यक्रममा अर्थमन्त्री शर्माले निर्वाचनको लागि सवारीसाधन सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिनुभयो ।


 



    भारतले नपाल लाई गरेको सहायोग अतुअलयनय छ।  









 

Public Entertain

i am a graphic designer and involving in Janata television as a visual designer.

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post